मधेस प्रदेशसमाचारसमाज

क्रिकेटप्रेमीका लागि नयाँ शो “नेपाल 12th Man Show with Diwash Sarraf” सुरु

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । नेपाली क्रिकेटप्रेमीहरूका लागि खुसीको खबर! नेपालको क्रिकेट कमेन्टेटर दिवश सर्राफको अगुवाइमा नयाँ खेलकुद शो “नेपाल 12th Man Show with Diwash Sarraf” सुरु गरिएको छ।

क्रिकेट, खेलकुद संस्कृति, खेलाडी तथा क्रिकेटरहरूको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको यो शो नेपाल स्पोर्ट्स स्टेशनको प्रस्तुति हो भने यस कार्यक्रमलाई Mentorlab Edx ले प्रायोजन गरेको छ। शोको पहिलो एपिसोडमा चर्चित युवा क्रिकेटर रुपेश सिंहलाई अतिथिका रूपमा निमन्त्रणा गरिएको छ। खेलकुदका भित्री पक्ष, संघर्ष, सफलता र प्रेरणादायक कथा समेटिएको यो शो निकट भविष्यमै सार्वजनिक गरिने तयारीमा छ।

शोका होस्ट दिवश सर्राफले बताए अनुसार, “नेपालमा खेल र खेलाडीको सम्मान, समर्थन र चर्चा हुनु जरुरी छ। यही सोचले यो शो सुरु गरिएको हो।”नेपाल 12th Man Show ले न केवल क्रिकेट तर सम्पूर्ण खेलकुद समुदायलाई जोड्ने अपेक्षा गरिएको छ। शो निकट भविष्यका दिनहरूमा विभिन्न सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक हुने जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button