मधेस प्रदेशसमाचारसमाजस्थानीय

भाथाधाम मेलाको प्रचारप्रसारका लागि समिति विस्तार

Ad 1
Ad 2
Ad 3
Ad 4

पर्सा । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पटेर्वासुगौली गाउँपालिका–१ मा हरेक वर्ष आयोजना हुने श्री श्री १०८ बाबा दुधेश्वरनाथ भाथाधाम मेलाको प्रचारप्रसारका लागि गठन गरिएको पत्रकार समिति आजको बैठकले विस्तार गरिएको छ। शनिबार प्रारम्भिक समिति गठन गरिएकोमा मंगलबार थप सदस्यहरू समेटेर समिति विस्तार गरिएको हो। प्रचारप्रसारलाई थप प्रभावकारी बनाउने उद्देश्यले समिति गठन गरिएको संयोजक शम्भु महतो थारूले जानकारी दिए।

समितिमा अध्यक्षमा शम्भु महतो थारू चयन भएका छन् भने ओमप्रकाश चौधरी र राजकुमार सर्राफ उपाध्यक्ष चयन भएका छन्। सचिवमा बलिराम यादव, कोषाध्यक्षमा एन्जल चौधरी र सदस्यमा शैलेश गुप्ता, निरन्जन साह, राजन बानिया, दिनेश मिश्र, कन्हैया पटेल, विनोद यादव, श्रीनारायण महतो, श्याम सर्राफ र राजन सिंह चयन भएका छन्।
त्यसैगरी, सल्लाहकारको रूपमा ध्रुव साह, मनोज कुमार मिश्र, राजेन्द्र सिंह, कृष्णा कुशवाहा, पन्नालाल साह, ज्ञाशु मियाँ देवान र प्रमोद यादव रहेका छन्।

समितिका सदस्यहरू आ–आफ्नो क्षेत्रबाट मेला प्रचारप्रसारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। विगतका वर्षहरूमा भारतबाट आएका भक्तजनहरू विभिन्न समस्यामा परेकाले यसपटक प्रारम्भदेखि नै तयारी थालिएको समिति सदस्यहरूको भनाइ छ। यसैबीच, समितिको सर्वसम्मत निर्णयअनुसार यही असार २९ गते आइतबार भाथाधाम अवलोकन भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ। मेला यही असार २७ गतेदेखि औपचारिक रूपमा सुरु हुनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button