मधेस प्रदेशसमाचारसमाज

सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यादवद्वारा वीरगन्ज महानगरका विभिन्न वडामा पानी वितरण

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज,२४असार ।
वीरगन्ज महानगरपालिका अधिकांश वडाहरुमा चापाकल सुकेर पानीको संकट बढेपछि पर्साकै सखुवा प्रसौनी गाँउपालिकाले दमकलबाट पानी ओसारेर वितरण गर्न सुरु गरेको छ ।

सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष जसवन्त यादवले गाँउपालिकाको दमकल (वारुण यन्त्र) को ट्यांकीमा पानी भरेर वीरगन्ज महानगरका विभिन्न वडामा पानी वितरण गर्न थालेका हुन् । पहिलो दिन मंगलबार वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा एक ट्यांकरबाट करिब ६ हजार लिटर पानी वितरण गरिएको अध्यक्ष यादवले जानकारी दिए ।

एनका अनुसार, सखुवा प्रसौनी गाँउपालिकामा रहेका डीप बोरिङबाट दमकलको ट्यांकीमा पानी भरेर वीरगन्जका विभिन्न वडामा पानी वितरण गर्न थालिएको हो ।मंगलबारदेखि पानी वितरणको काम सुरु गरिएको भन्दै अध्यक्ष यादवले बुधबारदेखि महानगरका अन्य वडाहरुमा पनि पानी वितरण गरिने बताए ।

चापकल सुकेर खानेपानीको संकट नै परेका बेला मानवताको भावनाले आँफुले यो काम थालेको उनले बताए ।उनले महानगरमा पानीको समस्या समाधान नहुन्जेलसम्म पानी वितरण कार्यलाई निरन्तरता दिनेपनि बताए ।यस्तै वीरगन्ज महानगरपालिकालेपनि महानगरका विभिन्न वडाहरुमा ट्यांकरमार्फत पानी वितरण कार्य सुरु गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button