समाचार

१०० रुपैयाँ बढीको सामानमा भन्सार लिने नियम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौ । राष्ट्रिय एकता दलले सीमानाकामा १ सय रुपैयाँ बढीको सामानमा भन्सार तिर्नुपर्ने सरकारी नियम खारेजी तथा तथाकथित “डोजर आतंक” को अन्त्यको माग गर्दै काठमाडौंको माईतिघर मण्डलामा प्रदर्शन गरेको छ।

प्रदर्शनमा सहभागीहरुले नेपाल–भारत सीमामा अन्याय बन्द गर, सीमामा १ सयको नियम हटाऊ,गरीबको हक अधिकार बचाऊ, एयरपोर्टमा सुन–रक्सी छुट,गरिबको चामल किन जाँच कुट ?, सीमानाकाका जनताको अधिकार सुनिश्चित गर,पूर्व सूचना बिना डोजर आतंक बन्द गर,डोजर आतंक अब सहिँदैन,गरीबमाथि अत्याचार चल्दैन लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा सहभागी दलका अगुवाहरूले सीमाना क्षेत्रमा गरिब नागरिकमाथि भइरहेको अन्याय, कडाइ र भेदभावपूर्ण व्यवहारको विरोध गरेका थिए।अध्यक्ष विनय यादवले भने “सीमानाकामा १ सय रुपैयाँको नाममा गरिबमाथि अन्याय भइरहेको छ। सरकार धनीका लागि नियम फितलो बनाउँछ, तर गरिबका लागि कडा। एयरपोर्टबाट सुन र रक्सी सजिलै छिर्छ, तर किसानले ल्याएको चामलसमेत जाँचिन्छ। यो दोहोरो मापदण्ड अब सहिँदैन।

अध्यक्ष यादवले सरकारले आफ्ना मागहरू सम्बोधन नगरे थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button