स्वास्थ्य

नेशनल मेडिकल कलेजमा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ सम्पन्न; महाराजगन्ज मेडिकल क्याम्पस प्रथम

वीरगञ्ज — नेशनल मेडिकल कलेजको आयोजनामा सञ्चालित ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ प्रतियोगिता शनिबार भव्य रूपमा सम्पन्न भएको छ।

कलेजको आफ्नै सभाहलमा आयोजित उक्त प्रतिस्पर्धामा देशभरका विभिन्न मेडिकल कलेजका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाउँदै आफ्नो बौद्धिक क्षमता प्रदर्शन गरेका थिए।

देशभरका ११ वटा मेडिकल कलेजबाट ६८ जना विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा कडा प्रतिस्पर्धाका बीच महाराजगन्ज मेडिकल क्याम्पस प्रथम हुन सफल भएको छ। त्यसैगरी, पाटन एकेडेमी अफ हेल्थ साइन्स दोस्रो र बी.पी. कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स तेस्रो स्थानमा रहे।

विजेताहरूलाई क्रमशः प्रथमलाई ५० हजार, दोस्रो २५ हजार र तेस्रो हुने टिमलाई १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको मेडिकल कलेजका प्रेस सल्लाहकार आंशिक अन्सारीले जानकारी दिए।

कार्यक्रम नेशनल मेडिकल कलेजका अध्यक्ष प्रो. डा. जैनुद्दिन अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालको उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले स्वागत मन्तव्यबाट गर्नुभएको थियो।

कार्यक्रममा नेपाल आर्मी पर्साका प्रमुख सेनानी लोकेन्द्र कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक शैलेन्द्र खड्का तथा सशस्त्र प्रहरी पर्साका डिएसपी लगायत सुरक्षा निकायका प्रतिनिधिहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सफल बनाउन कलेजका एकेडेमी निर्देशक डा. रुबी श्रेष्ठ (यास्मिन), मार्केटिङ तथा एडमिसन निर्देशक आविद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, भाईस प्रिन्सिपल रवि शंकर गुप्ता, नर्सिङ क्याम्पसकी भाईस प्रिन्सिपल डा. बबिता सिंह लगायत प्राध्यापक तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

यस प्रकारका बौद्धिक प्रतिस्पर्धाले विद्यार्थीहरूबीच ज्ञान आदानप्रदान हुनुका साथै मेडिकल क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button