समाचार

ठूलो मानवीय क्षति हुँदा पनि मौन छ बालेन सरकार

रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको ज्यान गएको घटनाप्रति सरकारको मौनताले चौतर्फी आलोचना बढेको छ । दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भइसकेको प्रहरीले जनाएको छ ।

रुकुमपूर्वबाट रोल्पाको थबाङ गाउँपालिका–१, जलजलातर्फ जाँदै गरेको लु १ज ४१६७ नम्बरको बोलेरो जिप बिहीबार दुर्घटनामा परेको थियो । करिब ५ सय मिटर तल भीरमा खसेको जिपमा सवार २० जनाको ज्यान गएको थियो ।Jeep Accident Rolpa Jaljala
दुर्घटनापछि सुरक्षाकर्मी र स्थानीयबासी उद्धार कार्यमा सक्रिय भए पनि दुर्गम भौगोलिक अवस्थाका कारण शव निकाल्न निकै कठिनाइ भएको थियो । सुरक्षाकर्मीले ठूलो मेहनतपछि भीरबाट शव निकालेका थिए ।

यता, ठूलो मानवीय क्षति भएको दुर्घटनाको तीन दिन बितिसक्दा पनि प्रधानमन्त्री बालेन साह र सरकारको तर्फबाट औपचारिक शोक वक्तव्य जारी नभएको भन्दै आलोचना भइरहेको छ । सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा सरकारमाथि प्रश्न उठ्न थालेको छ ।

दुर्घटनाको भोलिपल्ट नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।Sambedana
ओलीले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

यसैगरी, नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि घटनाप्रति दुःख व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेका थिए । तर हरेक घटनामा अपडेट रहने कांग्रेस सभापति गगन थापा र उनको पार्टीले भने हालसम्म औपचारिक प्रतिक्रिया जनाएका छैन ।

यसबीच, सत्ताको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने घटना भएको तीन दिनपछि आज (शनिबार) विज्ञप्ति जारी गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । रास्वपाले यस्ता दुर्घटना दोहोरिन नदिन नीतिगत सुधार, कडा कार्यान्वयन तथा पूर्वाधार विकासमा जोड दिनुपर्ने उल्लेख गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button