राजनीतिसमाचार

प्रधानमन्त्री बालेन साहलाई पक्राउ गर्न जेनजी मुभमेन्टको माग

Ad 1
Ad 2
Ad 3
Ad 4

सरकारले डोजर चलाएर सुकुम्बासी बस्ती खाली गर्ने अभियानलाई तीव्रता दिएसँगै युवाहरू आन्दोलित भएका छन् ।

प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले गृहमन्त्रीको समेत नेतृत्व सम्हालेपछि काठमाडौंको थापाथली, मनोहरा, सिनामंगल लगायतका क्षेत्रमा डोजर लगाएर सुकुम्बासी बस्ती खाली गर्ने क्रममा दुई जना सुकुम्बासीले आत्महत्या गरेको भन्दै युवाहरु सरकारप्रति आक्रोशित बनेका हुन् ।

जेनजी मुभमेन्ट नेपालले एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री साहमाथि आत्महत्या दुरुत्साहनको आरोपमा उनलाई तत्काल पक्राउ गरी निष्पक्ष छनबिन गर्न माग गरेको हो ।
जेनजी मुभमेन्टले तत्काल डोजर अभियान रोक्न र प्रभावित सबै सुकुम्बासी परिवारलाई सुरक्षित, सम्मानजनक वैकल्पिक आवासको व्यवस्था गर्न समेत माग गरेको छ । साथै, मृतक परिवारलाई क्षतिपूर्ति दिन र बिनापुनर्वास सुकुम्बासी बस्ती नहटाउने नीति घोषणा गर्न पनि संगठनको माग छ ।

यस्तै, जेनजी फ्रन्टले पनि सरकारको कदमलाई अमानवीय र असंवैधानिक भन्दै विरोध जनाएको छ । जारी वक्तव्यमा सरकारले यस्ता गतिविधि नरोके नागरिक सर्वोच्चताको बलमा सत्ताच्यूत हुनसक्ने चेतावनी दिइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button