राजनीतिसमाचार

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्वीकरण निवारण अध्यादेश जारी

Ad 1
Ad 2
Ad 3
Ad 4

राष्ट्रपति रामचन्द्र पौडेलले तेस्रो अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति पौडेलले शुक्रबार सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन्।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्।

राष्ट्रपतिले तेस्रो अध्यादेश जारी गरेका हुन् । यसअघि शुक्रबार राष्ट्रपति पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ र सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए।

अझै राष्ट्रपतिको कार्यालयमा पाँच वटा अध्यादेश विचाराधिन छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button