समाजस्थानीय

महुवनमा गुठीको जमीनमाथिको लामो समयदेखीको अतिक्रमण हटाइयो

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ स्थित गण्डक नहर किनारमा रहेको गुठीको अतिक्रमित ५ बिघा जग्गा खाली गराइएको छ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको पहलमा बिहानैदेखि ७ वटा डोजर प्रयोग गरी अतिक्रमण हटाउने काम गरिएको गाउँपालिका अध्यक्ष यशवंत यादवले जानकारी दिए।

उनका अनुसार उक्त क्षेत्रमा रहेका ३८० वटा घरटहरा खाली गराइएको छ। गाउँपालिकाले विगत दुई वर्षदेखि अतिक्रमण हटाउने प्रयास गर्दै आए पनि सफल हुन सकेको थिएन। केही दिनअघि मन्त्री महतो स्वयं स्थलगत निरीक्षणमा पुगेपछि अभियानलाई तीव्रता दिइएको हो।

“अहिले पनि खाली गराउने काम जारी छ। ३८० घरटहरा हटाइसकिएको छ,” अध्यक्ष यादवले भने, “माननीय गृहमन्त्रीको विशेष पहलमा अभियान प्रभावकारी रूपमा अघि बढेको हो।” उनले गुठी गण्डक नहर तथा गाउँपालिकाको साझेदारीमा गण्डक नहरको छोउछाउमा गरिएको पनि अतिक्रमण हटाइएको बताए ।

यसैबीच, सोही गाउँपालिकाको महुवन क्षेत्रमा रहेको गुठीको थप २९ बिघा अतिक्रमित जग्गा पनि खाली गराउने कार्य जारी रहेको मन्त्री महतोले बताए। अभियानका लागि करिब ३ सय जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button