
नेकपा (एमाले) ले चुनावमा असहयोग गर्ने नेतामाथि कारबाही गर्ने भएको छ ।
पार्टी प्रदेश कमिटीका अध्यक्षहरू सम्मिलित समन्वयरपरामर्श कमिटीको वैशाख १० गते बसेको बैठकले कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
‘अनुशासनको आधारमा मातहत कमिटीबाट कारबाहीमा परेका र निर्वाचनमा घोषितरुपमा अर्को पार्टीलाई सघाएका सदस्यहरूको बारेमा आवश्यक निर्णय लिने,’ महासचिव शंकर पोखरेलले हस्ताक्षर गरेर तल्लो तहमा पठाएको ८ बुँदे निर्देशनमा भनिएको छ।
यस्तै, बैठकले मृत्यु भएका, पार्टी छोडेको घोषणा गरेका र दोहोरो पार्टीमा सदस्यता रेकर्ड भएकाहरूको नाम अध्यावधिक गरी नेकपा (एमाले) को सदस्यताको रेकर्डबाट नाम हटाउने निर्णय गरेको छ।



