प्रदेशमधेस प्रदेशसमाचार

सशस्त्र प्रहरीद्वारा ७५ कार्टुन प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला बरामद

Ad 1
Ad 2
Ad 3
Ad 4

पर्सा,२४ जेठ :
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, मुख्यालय पर्साबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा चोरी पैठारी गरी नेपाल भित्र्याउँदै गरेको प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला बरामद गरेको छ।

टोलीले बहुदरमाई नगरपालिका–५ स्थित डकैला चोकबाट भारततर्फका नम्बर प्लेट राखिएका तीन वटा मोटरसाइकलमा लोड गरिएको ७५ कार्टुन (करीब ७,५०० गोटा) प्रतिबन्धित कुखुराका चल्लाहरू नियन्त्रणमा लिएको हो।बरामद गरिएका चल्लाहरू आवश्यक प्रक्रिया पूरा गरी स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरुको रोहबरमा सशस्त्र प्रहरी बल नं. १३ गण परिसरभित्र नष्ट गरिएको छ।

साथै, चल्ला तस्करीमा प्रयोग गरिएका ती तीनवटा मोटरसाइकल आवश्यक कारबाहीका लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button