पूर्वमन्त्री खड्कालाई रिहा गर्न आदेश, विदेश जान अदालतको अनुमति लिनुपर्ने

9

काठमाडौं। नेपाली काँग्रेसका नेता एवम् पूर्वउर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न अदालतले आदेश दिएको छ । आज सर्वोच्च अदालतले खड्कालाई रिहा गर्न आदेश दिएको हो ।

पत्नी विनिता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटउपर सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

अदालतले खड्कालाई विदेश जान भने अदालतको अनुमति लिनुपर्ने अर्को आदेश गरेको छ ।

खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत चैत १५ गते पक्राउ गरेको थियो।

Leave a comment