समाजस्थानीय

वीरगञ्जमा भव्य जगन्नाथ रथ यात्रा सम्पन्न, हजारौँ श्रद्धालुको सहभागिता

Ad 1
Ad 2
Ad 3
Ad 4
वीरगन्ज   ।  वैदिक परम्पराअनुसार मनाइने श्री जगन्नाथ रथ यात्रा वीरगंजमा भव्य तथा श्रद्धापूर्वक सम्पन्न भएको छ। वीरगंजको आयोजनामा सम्पन्न उक्त रथ यात्रामा हजारौँ श्रद्धालु तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। जगन्नाथ रथ यात्रा एक पवित्र र हर्षोल्लासपूर्ण पर्व हो, जसमा भगवान् जगन्नाथ, भगवान् बलदेव तथा सुभद्रा महारानीको रथयात्रा निकालिन्छ। यस अवसरमा भगवानहरू मन्दिरबाट बाहिर निस्केर सर्वसाधारण भक्तजनलाई दर्शन तथा आशीर्वाद प्रदान गर्ने धार्मिक मान्यता रहेको छ।

आयोजकका अनुसार यस पर्वले समाजमा एकता, भक्ति र समानताको सन्देश प्रवाह गर्ने गर्दछ। कार्यक्रममा भव्य रथ यात्रा, मधुर भजन–कीर्तन, प्रेरणादायी आध्यात्मिक प्रवचन तथा हजारौँ सहभागीका लागि निःशुल्क प्रसाद वितरण गरिएको थियो। रथ यात्रा गहवा माई पार्कबाट सुरु भई मकालु होटल, पूजन होटल, कैलाश होटल, घडीअर्वा पोखरी, गीता मन्दिर रोड हुँदै पुनः माइस्थान पार्कमा पुगेर समापन गरिएको थियो। उक्त रथ यात्रामा विद्यालय तथा कलेजका विद्यार्थी, व्यापारिक समुदाय, विभिन्न संघसंस्था तथा वीरगंजका सर्वसाधारणहरूको व्यापक सहभागिता रहेको थियो। साथै पर्सा, बारा र रौतहट जिल्लाका साथै भारतको रक्सौल क्षेत्रबाट समेत हजारौँ श्रद्धालु उपस्थित भएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button