काठमाडौं । लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौैंले शर्मालाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बहसको क्रममा मिसिल कागज जलेर नष्ट भएको भन्दै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था रहेको बताएको थियो ।
आफ्नै घरमा काम गर्ने बालिकालाई यातना दिएको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौँले आइतबार राति शर्मालाई पक्राउ गरिएको थियो।
