
वीरगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उमेदवार रविन्द्र पटेल विजयी भएका छन् । आइतबार सार्वजनिक अन्तिम मत परिणाममा २७ हजार ३१८ मत प्राप्त गर्दै उनी सांसद चुनिएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी, नेपालका उमेदवार गोविन्द चौधरीले ११ हजार ९५४ मत ल्याए । तेस्रो स्थानमा रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नौ हजार ८९० मत पाए । ०७९ सालको निर्वाचनमा साह यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
यसपालि नेकपा ९एमाले०का उमेदवार कुन्दनप्रसाद कुशवाहाले ६ हजार ६०५ मत प्राप्त गरे । नेपाली कांग्रेसका उमेदवार रामकृष्णप्रसाद यादवले ६ हजार ४२० मत ल्याए । छैटौँ स्थानमा रहेकी नेपाली कम्युनिस्ट पार्टी नेकपाकी उमेदवार पुनम देवीले तीन हजार ८८१ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।



