राजनीतिसमाचार

वीरगंज ६ र १० मा एमाले उम्मेदवार रिमा यादवको घरदैलो, महिलाको अधिकारका लागि सदनमा आवाज उठाउने प्रतिबद्धता

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज,१८ फागुन । नेकपा एमाले पर्सा क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादवले सोमबार वीरगंज महानगरपालिका वडा नम्बर ६ र १० मा घरदैलो कार्यक्रम सम्पन्न गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेकी छन्। घरदैलोका क्रममा उनले महिलाको हक–अधिकार, सम्मान र समान सहभागिताका लागि आफू सदैव संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्।

घरदैलो अभियानमा स्थानीय टोल–टोल पुगेर मतदातासँग छलफल गर्दै यादवले महिलालाई नेतृत्वदायी भूमिकामा पुर्‍याउन नीति निर्माण तहमा पहुँच आवश्यक रहेको बताइन्। उनले भनिन्, “महिलाको शिक्षा, रोजगारी र सुरक्षा सुनिश्चित गर्न संसदमा बलियो आवाज चाहिन्छ। त्यसका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरेर विजय गराउन सबैसँग आग्रह गर्दछु।”

कार्यक्रमका क्रममा उनले स्थानीय बासिन्दाले राखेका समस्या र गुनासाहरू समेत ध्यानपूर्वक सुनेकी थिइन्। मतदाताले खानेपानी, सडक मर्मत, युवाका लागि रोजगारी सिर्जना, स्वास्थ्य सेवा सुधार तथा महिला आत्मनिर्भरता कार्यक्रमलाई प्राथमिकतामा राख्न माग गरेका थिए। यादवले ती मागहरूलाई चुनावपछि योजनाबद्ध रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाइन्।

घरदैलो कार्यक्रममा एमालेका स्थानीय नेता–कार्यकर्ता सहित केन्द्रिय सदस्य बिजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, युवा नेता नवराज शर्मा,मुकेश द्धिवेदि, अंगद गुप्ता, अजय गुप्ता, पिन्टु उपाध्याय, अजय साह लगायतको उपस्थ्तिी थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button