राजनीतिसमाचार

पर्सा–१ मा प्रदीप यादव ‘निर्विकल्प’ दाबी, मतदाता भन्छन्– विकासका लागि अब विकल्प छैन

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज,१८ फागुन । पर्सा–१ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाताबीच उम्मेदवारबारे तीव्र बहस चलिरहेको छ।

यसैबीच नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई धेरै मतदाताले “निर्विकल्प” उम्मेदवारको रूपमा अघि सारेका छन्।

पर्सा क्षेत्र १ का विभिन्न वडाहरु र टोल–टोलमा भएको उम्मेदवार यादवको निरन्तर घरदैलो तथा मतदाता भेटघाट एवम छलफल कार्यक्रममा स्थानीयले पुर्व मन्त्री समेत रहेका उम्मेदवार यादवले विगतमा उठाएका विकासका मुद्दा, सडक पूर्वाधार, खानेपानी,शिक्षा र स्वास्थ्य क्षेत्रका पहललाई स्मरण गर्दै यसपटक स्पष्ट जनमत दिनुपर्ने धारणा राखेका छन्।

“हामीले धेरै अनुहार देख्यौं, तर काम गर्ने मान्छे चाहियो,” वीरगञ्जका एक मतदाताले भने, “पर्सा–१ लाई अगाडि बढाउन अब प्रदीप यादव नै सही विकल्प हुन्।”

पछिल्लो समय अन्य दलका उम्मेदवारको सक्रियता देखिए पनि मतदाताको ठूलो हिस्सा स्थिर नेतृत्व र निरन्तर पहल चाहिएको बताउँछन्।

युवाहरूले रोजगारी सिर्जना, उद्योग प्रवर्द्धन र सीमा क्षेत्रका समस्याको समाधान मुख्य एजेन्डा हुनुपर्ने बताएका छन्। उनीहरूका अनुसार यादवले यी विषयमा स्पष्ट योजना अघि सारेका छन्।

२ पटक सांसद रहेर पर्साको आवाज बनेका यादव यस क्षेत्रको मुहार फेर्न पुन उम्मेदवार बनेपछि पर्सा–१ मा यसपटक प्रतिस्पर्धा कडा देखिए पनि मतदाताको मनोविज्ञान विकास र कामको मूल्याङ्कनतर्फ केन्द्रित हुँदै गएको छ।

यसले उम्मेदवार यादवको व्यक्तिगत छवि र विगतको काम गर्ने कार्यशैलीलाई निर्णायक बनाउने संकेत देखिएको छ।

निर्वाचन नजिकिँदै जाँदा घरदैलो, आमसभा र सामाजिक सञ्जालमार्फत प्रचार तीव्र बन्दै गएको छ। तर पर्सा–१ का धेरै मतदाताको भनाइ एउटै छ— “अब आश्वासन होइन, परिणाम चाहियो।” उनीहरूका अनुसार त्यो परिणाम दिलाउन सक्ने उम्मेदवारका रूपमा प्रदीप यादव अगाडि देखिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button