समाचार

पाकिस्तान–अफगानिस्तान सैन्य द्वन्द्वमा दाबीः ३०० जनाको मृत्यु

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । पाकिस्तान र अफगानिस्तानबिच जारी सैन्य द्वन्द्वमा हालसम्म ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने दुवै पक्षका गरी ५०० भन्दा बढी जना घाइते भएका छन् । दुवै देशले एकअर्कालाई थप सैन्य कारबाहीको धम्की दिइरहेका छन् ।

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘पाकिस्तान र अफगानिस्तानबिच जारी द्वन्द्वमा अमेरिकाले हस्तक्षेप गर्न सक्छ, तर मेरो पाकिस्तानसँग राम्रो मित्रता छ ।’

पाकिस्तानी सैन्य प्रवक्ताले देशमा आतंकवादी हमलाका पछाडि भारतको हात रहेको आरोप लगाएका छन् ।

पाकिस्तान र अफगानिस्तानबिच बिहीबार रातिदेख लडाइँ भइरहेको हो । अफगानिस्तानले यही फेब्रुअरी २२ मा पाकिस्तानी हवाई आक्रमणको बदला लिएपछि दुई देशबिच हानाहान भइरहेको हो ।

२७४ तालिबान लडाकु मारिएको दाबी
पाकिस्तानी सेनाका प्रवक्ता अहमद सरिफ चौधरीले अहिलेसम्म २७४ तालिबानी लडाकु मारिएको दाबी गरेका छन् । साथै ४०० जनाभन्दा बढी घाइते भएको उनले बताएका छन् ।

उनले भनेका छन्, ११५ ट्याङ्क र बख्तरबन्द गाडी र ७४ चेकपोइन्ट ध्वस्त पारिएका छन् । अनि १८ चेकपोइन्ट पाकिस्तानी सेनाले कब्जा गरेको छ ।

यस्तै पाकिस्तानले आफ्ना पनि १२ सैनिक मारिएको र २७ जना घाइते भएको बताएको छ । उता तालिबानले आफ्ना ८ देखि १३ लडाकु मात्र मारिएको र केही घाइते भएको दाबी गरेको छ ।

उसले ५५ पाकिस्तानी सैनिक मारिएको र दुई सैन्य मुख्यालयसहित धेरै चेकपोइन्ट कब्जा गरिएको दाबी पनि गरेको छ ।

पाकिस्तानले थप आक्रमण सुरु गरे झन् कडा जवाफ दिइने चेतावनी तालिबानले दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button