
पर्सा ,१३ फागुन । पर्सा निर्वाचन क्षेत्र नं २ अन्तर्गत बर्नीहारमा बुधवार राती पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। तत्कालीन माओवादी केन्द्र पर्सागढी नगरपालिका वडा नं. ३ का विक्रम कार्कीको नेतृत्वमा दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। बर्नीहारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा कांग्रेस र माओवादी पार्टी परित्याग गरी दर्जनौं नेताहरू एमाले प्रवेश गरेका छन्।
नवप्रवेशीहरूमा रामहरी खड्का, राम जनम चौधरी, प्रताप लामा, राम बहादुर खनाल, बिष्णु बुढाथोकी लगायत रहेका छन्।
उहाँहरूलाई पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, एमाले नेता प्रदुमन यादव तथा पालिका अध्यक्ष दुर्गा लामिछानेले टिका–माला लगाई पार्टीमा स्वागत गर्नुभएको थियो।
कार्यक्रममा पर्सा क्षेत्र नं. २ की उम्मेदवार रिमा यादव लाई विजय गराउन सबै एकढिक्का भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
यससँगै पर्सागढी क्षेत्रमा एमालेप्रति जनआकर्षण थप बढ्दै गएको देखिएको छ।



