स्थानीय

सर्वदलीय सहमती कायम पछि पर्सा प्रशासनद्वारा कर्फ्यू आदेश फिर्ता, भोली बिहान ८ बजे सम्मकालागि निषेधाज्ञा रहने

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज ,११ फागुन । पर्समा सर्वदलीय सहमती पछि बिहान ९.४५ देखी लगाईएको कर्फ्यू स्थानीय प्रशासनले हटाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको सूचना अनुसार फाल्गुण ११ गते साँझ ४.३० बजे बाट कर्फ्यू आदेश हटाइएको हो ।

स्थानीय प्रशासनले बेलुका साँझ ६ बजे देखी भोली १२ गते बिहान ८ बजे सम्मकालागि भने निषेधाज्ञा जारी गरेको छ ।

१ पूर्व बाइपास रोड

२ पश्चिम रानीघाट पुल

३ उत्तर पावर हाउस चौक

४ दक्षिण घण्टाघर चोक भित्रको चार किल्ला भित्र निषेधाज्ञा जारी गरेको हो ।

वीरगंज महानगरपालिका–११ श्रीपुर क्षेत्रमा फाल्गुण १० गते बेलुकी भएको घटनाको सन्दर्भमा आयोजित सर्वपक्षीय बैठकले तीन बुँदे सहमती कायम गरेपछि करफ्र्य आदेश फिर्ता लिएर निषेधाज्ञा जारी गरको हो।

उक्त चार किल्लाभित्र सर्वसाधारणलाई आवतजावत गर्न पूर्ण रूपमा रोक लगाइएको छ। साथै कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाइने आदेशमा उल्लेख गरिएको छ।

बैठकमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, धार्मिक अगुवा तथा नागरिक समाजका सदस्यहरूको सहभागिता रहेको थियो।

घटनामा संलग्न दोषी पक्षलाई स्थानीय प्रशासनले कानुनी दायरामा ल्याउने र पीडित पक्षबाट जाहेरी लिई दर्ता गरी आवश्यक प्रक्रिया यथाशीघ्र अगाडि बढाउने , व्यक्तिगत घटना वा दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी भड्काउने, दुष्प्रचार गर्ने, सामाजिक सञ्जालमा सामग्री भाइरल बनाउने तथा ‘हेट स्पिच’ फैलाउने कार्य गर्नेलाई कारवाही गर्ने र

आगामी दिनमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न बैठकमा उपस्थित सबै पक्षले आ–आफ्नो संस्था तथा निकायबाट संयमता अपनाउन र शान्ति–सद्भावको सन्देश प्रवाह गर्न प्रतिबद्धता जनाउने निर्णय भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button