समाचार
भरतपुरमा शंकास्पद वस्तु फेला

चितवन । भरतपुरस्थित रामपुर कृषि क्याम्पस गेट नजिकै शंकास्पद वस्तु फेला परेको छ ।
कालो प्लास्टिकले बाँधेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पूरीले जानकारी दिए । उनका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली आएर वस्तु के हो पहिचान गर्ने तयारी भइरहेको छ ।



