समाचार

कांग्रेसको चुनावी कार्यक्रममा सरकारी विद्यालयको सामग्री प्रयोग

Ad 1
Ad 2
Ad 3
Ad 4

सर्लाही । बाराको आदर्श कोतवाल–१ स्थित नेरा आधारभूत विद्यालयको खाजा बनाउन प्रयोग गरिने ग्यास चूल्हो र भाँडाकुँडा नेपाली कांग्रेसको चुनावी कार्यक्रमका लागि लैजाने क्रममा स्थानीयले बाटोमा रोकेका छन् ।

 

स्थानीयका अनुसार विद्यालयका कार्यालय सहयोगीले विद्यालयको ग्यास चूल्हो तथा भाँडाकुँडा बाहिर लैजाँदै गर्दा स्थानीयहरुले रोकेका थिए ।

 

घटनाबारे बुझ्दा विद्यालयमा कार्यरत शिक्षक नवलकिशोर साहले नेताहरूलाई चिया पकाउनका लागि ती सामग्री ल्याइदिन कार्यालय सहयोगीलाई भनेका थिए ।

 

यस विषयमा विद्यालयका प्रधानाध्यापक सुरेश पण्डितसँग बुझ्दा उनले विद्यालयको सामान पार्टीको कार्यक्रमा लिन खोजेको स्वीकार गर्दै स्थानीयले बाटोमा रोकेपछि उक्त सामानहरु फिर्ता गरेर पनि अहिले विद्यालय मै राखिएको बताए ।

 

पण्डितले भने, ‘आज सार्वजनिक बिदा भएको कारण म घरमै छु र त्यो विषयमा मलाई जानकारी भएन, पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूले फोन गरेर मलाई जानकारी दिनुभयो, त्यसपछि मैले बुझेर उक्त समान फिर्ता गर्न लगाए ।’विद्यालयको समान प्राय यसैगरी दुरुपयोग गर्ने गरेको स्थानीयहरुको आरोप छ ।

 

विद्यालयजस्तो सार्वजनिक संस्थाको सम्पत्ति राजनीतिक कार्यक्रमका लागि प्रयोग गर्न खोजिएको विषयले स्थानीयस्तरमा चासो र आक्रोश पैदा गरेको छ ।

 

‘विद्यालयको सम्पत्ति यसरी दुरुपयोग गर्ने अधिकार कसले दियो ?’ भन्दै स्थानीयले प्रश्न उठाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button