राजनीतिसमाचार

एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

दमक । आगामी प्रतिनिधी सभाको चुनावका लागि नेकपा एमालेले झापाका सवै नेताहरुलाई आ–आफ्नै स्थानमा खटाएको छ । सवै तहका नेता तथा कार्यकर्ताहरुलाई चुनाव केन्द्रित अभियानमा आ–आफ्नै क्षेत्र र भुगोलमा परिचालन गरिएको एमालेले जनाएको हो ।

 

प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले आफ्ना सवै नेता कार्यकर्ताहरु चुनावी अभियानमा खटाएको छ । आज दमकमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले जिल्ला सचिव तुलसी कार्कीले जिम्मेवारी तोकिएका नेताहरु तोकिएको स्थानमा र अन्य कार्यकर्ताहरु आफ्नै वडामा केन्द्रित भएको बताए ।

 

उनले समग्र चुनावी कामको परिचालन क्षेत्रिय तहबाट भई रहेको र जिल्ला कमिटीले संयोजनको काम गरि रहेको जानकारी दिए । क्षेत्रका पाँचै निर्वाचन क्षेत्रमा एमालेको बलियो संगठन र जनाधार रहेको कार्कीको भनाई छ ।

 

पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उम्मेद्वारी रहेको क्षेत्र नं. ५ मा समेत सवै वडा र टोल तह सम्म संगठन र निर्वाचन केन्द्रित समितिहरु परिचालित भएको कार्कीले बताए ।

 

एमाले केन्द्रिय सदस्य एवम् आगामी निर्वाचनका लागि झापा क्षेत्र नं. ५ गठित प्रचार समितिका संयोजक ईन्द्र भण्डारीले क्षेत्रका सवै वडा र टोलमा निर्वाचन परिचालन समिति मार्फत नेता कार्यकर्ताहरु परिचालित भएको बताए ।

 

पार्टी तथा अध्यक्ष ओलीको पहलमा भएका विकास निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरुमा राखेको अडान लगायतका विषयमा मतदाताहरुलाई बुझाउने काम भई रहेको उनले जानकारी दिए ।

 

झापाका सवै निर्वाचन क्षेत्रमा बिजय हाँसिल गर्ने गरि एमाले परिचालित भएको नेताहरुले जनाएका छन् । एमालेले झापाको निर्वाचन क्षेत्र नं. १ मा रामचन्द्र उप्रेती, क्षेत्र नं. २ मा पूर्वसभामुख देवराज घिमिरे, क्षेत्र नं. ३ मा हरि राजवंशी, क्षेत्र नंं ४ मा एलपी साँवा र क्षेत्र नं. ५ मा पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीलाई उम्मेद्वार बनाएको छ ।दाङ । नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले तुलसीपुर उपमहानगरपालिका–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।

 

बिहीबार तुलसीपुर उपमहानगरपालिका–५, वीरेन्द्र चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वागतमा भेला भएका व्यक्तिहरुले नेकपा एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको अभियोगमा उनी पक्राउ परेका हुन् ।

 

शान्ति सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने यस्ता गतिविधि नगर्न र सम्पूर्ण सरोकारवाला पक्षलाई संयमित एवं जिम्मेवार भईदिन पनि जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button