समाचार

महाशिवरात्रिमा वाग्मतीको बहाव बढाउन धाप ड्यामबाट पानी छाडियो

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै वाग्मती नदीमा पानीको बहाव बढाउन धाप ड्यामबाट पानी छाडिएको छ । भक्तजनलाई स्नान गर्न र नदीको सौन्दर्यता अभिवृद्धि गर्न सहयोग पुग्ने उद्देश्यले धाप ड्यामबाट पानी छडिने थालिएको हो ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको वाग्मती सुधार आयोजनाले महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर परिसरमा ठूलो सङ्ख्यामा भक्तजनको भीड लाग्ने भएकाले नदीमा पानीको बहाव बढाउन पानी छाडिएको जनाएको छ ।

पानीको बहाव बढाउन शुक्रबार दिउँसोदेखि नै ड्यामबाट क्रमिक रूपमा पानी छोड्न थालिएको आयोजनाले जानकारी दिएको छ । आयोजनाले पर्व अवधिभर नदीमा निरन्तर पानी प्रवाह हुने गरी समन्वय गरिएको जनाएको छ ।

“धाप ड्यामको पानी छोडेपछि पशुपति क्षेत्रसम्म आइपुग्नका लागि करिब १४ घण्टा लाग्छ, त्यसर्थ हामीले आजदेखि नै पानी छोड्न थालेका हौँ”, आयोजना उपनिर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले भने, “विशेष दिनमा हामीले ड्यामको पानी वाग्मतीमा छोड्दै आएका छौँ ।”

समितिका अनुसार वाग्मती नदीमा प्रतिसेकेण्ड ४०० लिटर पानी तीन दिनसम्म छाडिनेछ । “पानी छाड्दा वाग्मती नदीमा पानीको सतह घुँडासम्म आउँछ र व्रतालुलाई नदीमा स्नान गर्न सजिलो हुन्छ, यसबाट नदीको सौन्दर्यता पनि बढ्ने अपेक्षा छ,”, नेपालले भने, “वाग्मती नदीमा पानी छाड्न मेलम्ची खानेपानी विकास समितिसँग पनि आग्रह गरिसकेका छौँ ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button