राजनीतिसमाचार

पर्सा–३ मा पुरानो शक्तिमाथि युवा चुनौती : रूपेश पाण्डेतर्फ जनमतको स्पष्ट झुकाव

Ad 1
Ad 2
Ad 3
Ad 4

पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा यसपटकको प्रतिनिधिसभा निर्वाचनले पुरानो राजनीतिक धरातललाई नै हल्लाउने संकेत देखिएको छ। २०४७ सालदेखि सक्रिय राजनीतिमा रहँदै आएका नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्र चौधरी विरुद्ध जनअसन्तुष्टि बढ्दै जाँदा परिवर्तनको पक्षमा स्पष्ट माहोल बनेको छ।

फागुन २१ गते हुने निर्वाचनमा नेकपा एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डे प्रति बढ्दो जनलहरले क्षेत्रको राजनीतिक समीकरण नै फेरिने संकेत दिएको छ।

मुख्य प्रतिस्पर्धा नेकपा एमाले र नेपाली काँग्रेसबीच देखिए पनि जनमतको तराजु अहिले रूपेश पाण्डेको पक्षमा झुकेको आँकलन गरिँदै छ। लामो समयदेखि सत्ता र शक्तिको केन्द्रमा रहँदै आएका सुरेन्द्र चौधरीमाथि विगतमा पटक–पटक सांसद र मन्त्री हुँदा पनि क्षेत्रीय विकासमा ठोस उपलब्धि दिन नसकेको आरोप लाग्दै आएको छ। स्थानीय मतदाताहरूले “भाषणमा ठूलो, काममा कमजोर” नेताको रूपमा उनको आलोचना गर्ने गरेका छन।

content left
पटेर्वा सुगौलीका एक स्थानीय मतदाताले भने, “ठूला–ठूला अंग्रेजी भाषणले गाउँको बाटो बन्दैन, न त युवालाई रोजगारी दिन्छ। वर्षौंदेखि अवसर पाउँदा पनि क्षेत्रको आधारभूत समस्या समाधान हुन सकेन भने अब फेरि विश्वास गर्नुको अर्थ छैन।” उनका अनुसार जनताले अब खोक्रा आश्वासन होइन, परिणाम खोजिरहेका छन।

यता नेकपा एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डे परिवर्तनको संवाहक र भरोसायोग्य नेतृत्वको रूपमा स्थापित हुँदै गएको देखिन्छ। घरदैलो अभियान, टोल–टोल भेटघाट र जनसंवाद कार्यक्रममा उनको सक्रिय उपस्थितिले मतदातामा सकारात्मक सन्देश प्रवाह गरेको छ। विभिन्न स्थानमा उनलाई खादा र टीका लगाएर स्वागत गरिनु तथा अग्रिम बधाई दिइनु परिवर्तनप्रतिको जनविश्वासको संकेत मानिएको छ।

पर्सा–३ मा यसपटकको निर्वाचन केवल दलगत प्रतिस्पर्धा नभई पुस्तान्तरण र कार्यशैली परिवर्तनको मुद्दासँग जोडिएको छ। युवाहरू रोजगारी, सुशासन, पारदर्शिता र स्थानीय पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाउँदै अघि बढिरहेका छन। यही सन्दर्भमा रूपेश पाण्डेको एजेन्डा र सक्रियता मतदाताको मन जित्दै गएको आकलन गरिएको छ।

यस क्षेत्रमा नेकपा (एकीकृत समाजवादी) का छोटेलाल यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमाकान्त चौरसिया पनि पछि पछि प्रतिस्पर्धाम गरिरहेका छन। तर समग्र राजनीतिक अवस्था हेर्दा मुख्य प्रतिस्पर्धा एमाले र काँग्रेसबीच केन्द्रित देखिन्छ, जहाँ युवा लहर र परिवर्तनको एजेन्डाले रूपेश पाण्डेलाई बलियो दाबेदारको रूपमा उभ्याएको छ।

पर्सा–३ मा अबको चुनाव परिणाम मात्र होइन, राजनीतिक संस्कार र कार्यशैली परिवर्तनको संकेत बन्ने देखिएको छ। मतदाताहरूको चाहना स्पष्ट छ—भाषणभन्दा काम, वाचा भन्दा परिणाम। यही जनभावनाको लहरले यसपटक नयाँ अध्यायको सुरुवात गर्ने संकेत गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button