राजनीतिसमाचार

पर्सागढी–४ परशुरामपुरमा रिमा यादवको घरदैलो कार्यक्रम सम्पन्न

वीरगंज,२५ माघ । पर्सा क्षेत्र नं.२ की नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादवले पर्सागढी नगरपालिका वडा नं. ४ परसुरामपुरममा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिइन् । कार्यक्रममा स्थानीय बासिन्दाले देखाएको उत्साह र सद्भावले आफ्नो अभियानलाई थप सशक्त बनाएको उनले बताइन् ।

उम्मेदवार यादवले पर्सागढीको ऐतिहासिक पहिचानलाई संरक्षण गर्दै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने आफ्नो मुख्य लक्ष्य रहेको स्पष्ट पारिन् । साथै, क्षेत्रको पूर्वाधार विकास, रोजगारी सिर्जना र समग्र सामाजिक–आर्थिक उन्नतिका लागि आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरिन् ।

भेटघाटका क्रममा स्थानीय बासिन्दाहरूले व्यक्त गर्नुभएको उत्साह, माया र सद्भावले हामीलाई अझ बढी उत्साहित र ऊर्जावान बनाएको छ। पर्सागढीको ऐतिहासिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै यस क्षेत्रको समग्र उन्नति गर्ने मेरो दृढ संकल्प हो। परिवर्तन र समृद्धिको यात्रामा हाम्रो अभियान निरन्तर रूपमा अघि बढिरहने उनले उद्घोष गरिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button