मधेस प्रदेशराजनीतिसमाचारसमाजस्थानीयस्वास्थ्य

अल्पाइन माविद्वारा खाना महोत्सव सम्पन्न

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज । अल्पाइन मावि वीरगंजले फूड फेस्टिबल–२०८२ बुधवार सम्पन्न गरेको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विद्यालय प्रांगणमा आयोजित खाना महोत्सवमा विद्यार्थीहरुले विभिन्न परिकारहरु तयार पारेर बिक्री समेत गरेका थिए ।

विद्यालयको बायोलोजी र म्यानेजमेन्टको विभिन्न सेक्सनमा अध्ययनरत विद्यार्थीहरुले शाकाहारी मम, फ्रेन्च फ्राइ, घोङी, चटपटे, चिया, दही, पानीपुरी, सलाद,रोष्ट, सेकुवा, मिठाइ लगायतका परिकारहरु बनाएर रु ७० देखि रु १०० सम्मको मूल्यमा बिक्री गरेका थिए ।

विद्यार्थीहरुलाई सीप सिकाउन तथा स्वरोजगारतर्फ उन्मुख गराउन यसप्रकारको कार्यक्रम आयोजना गरिएको विद्यालयका फाउन्डर विनोद उपाध्यायले जानकारी गराए । खाना महोत्सवमा विद्यार्थीका साथै अभिभावक, स्थानीयवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button