मधेस प्रदेशराजनीतिसमाचारसमाज

मधेश प्रहरीद्वारा बेपत्ता र जेन्जी आन्दोलनका क्षतिको विवरण सार्वजनिक

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज । मधेस प्रदेशमा पछिल्ला छ महिनामा २ हजार ५७२ जना व्यक्ति सम्पर्कविहीन भएका छन्। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाका अनुसार पुस महिनामा मात्र १ हजार ४४८ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये हालसम्म १ हजार ५०१ जनालाई फेला पारिएको छ भने बाँकी अझै सम्पर्कविहीन रहेको बताइएको छ।

जेन्जी आन्दोलनका क्रममा मधेस प्रदेशमा चारजनाको मृत्यु भएको छ र २३४ सरकारी कार्यालयमा क्षति पुगेको छ। सरकारी सम्पत्तिमा परेको कुल क्षति ५७ करोड ३५ लाख ५२ हजार रुपैयाँ बराबर रहेको छ। प्रहरीका सवारी साधनमा पनि २ करोड ६ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

आन्दोलनका क्रममा कारागारबाट १,०४५ जना कैदी फरार भएका थिए, जसमा ५७९ जनालाई नियन्त्रणमा लिइएको छ। बाल सुधार गृहबाट ६८ जना फरार भएका थिए, २० जना पक्राउ परेका छन् भने ४८ जना अझै फरार छन्। प्रहरीले सम्पर्कविहीन व्यक्तिको खोजी र आन्दोलनका क्षतिको मूल्याङ्कन कार्य जारी रहेको जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button