मधेस प्रदेशशिक्षासमाचारसमाज

१२ वर्षीया छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज । चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित जनजागृति माध्यमिक विद्यालयका शिक्षक जितराज गिरीलाई १२ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी काजिकुमार आचार्यका अनुसार बालिकाले आफन्तलाई घटना बताएपछि गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। अहिले म्याद थपको प्रक्रिया अघि बढाइएको छ।

पीडित बालिका कक्षा ७ मा अध्ययनरत छिन्। घटनास्थल स्कूल नजिकै गिरीको आफ्नै स्टेशनरी पसल रहेको प्रहरीले जनाएको छ। आरोपितले भने ‘माया गरेर गाला मात्र छोएको’ दाबी गरेका छन्।

विद्यालयमा स्थिति तनावपूर्ण बनेपछि प्रहरी हस्तक्षेप गरी शिक्षकलाई नियन्त्रणमा लिएको थियो। बालिकाका अभिभावकले समेत घटनापछि विद्यालयमा छलफल गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button