राजनीति

नेपालको लोकतन्त्रको मजबुतीको निम्ति नेपाली कांग्रेसनै आवश्यक शक्ति होः नेता रुङ्गटा

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । नेपाली कांग्रेस पर्सा प्रतिनिधिसभा क्षेत्रीय समितिले आज वीरगञ्जमा बृहत् राजनीतिक भेला सम्पन्न गरेको छ।

लक्ष्मी नारायण पार्टी प्यालेसमा आयोजित भेलामा पार्टीको संगठन सुदृढीकरण, आगामी निर्वाचनको तयारी तथा वर्तमान राजनीतिक अवस्थाबारे व्यापक छलफल गरिएको छ।

भेलामा नेपाली कांग्रेसका केन्द्रीय तथा जिल्ला तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा संविधानसभा सदस्य अनिल रुँगटा, पार्टी पर्साका उपसभापति रामनारायण कुर्मी, जिल्ला सचिव एवम् वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अनिल सिंहलगायत नेताहरू सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता रुँगटाले विगतका अनुभव र इतिहासलाई सम्मान गर्दै भविष्य केन्द्रित राजनीति गर्नुपर्नेमा जोड दिए। उनले नेपाली कांग्रेस भित्रको समस्या एउटा पक्ष हो तर नेपालको लोकतन्त्रको मजवुतीका निम्ति नेपाली कांग्रेस नै आवश्यक शक्ति भएको बताए ।

 

उनले दक्षीण एशियामा काठमाण्डौ नै सबैको अभिब्यक्ति स्वतन्त्रताको केन्द्र बनेको चर्चा गर्दै त्यो नेपाली कांग्रेसको नेतृत्वमा मात्र सम्भव भएको र फेरी पनि नेपाली कांग्रेसले नै लोकतन्त्रको रक्षका निम्ति योगदान दिनु पर्ने बताए ।

उनले आगामी निर्वाचनलाई मध्यनजर गर्दै पार्टीको संगठनात्मक अवस्था मजबुत बनाउने, कार्यकर्ता परिचालन गर्ने तथा स्थानीय तहमा जनसम्पर्क विस्तार गर्ने विषयमा रणनीतिक रपमा तयारी गर्नु पर्नेमा जोड दिए।

नेताहरूले आन्तरिक एकता र अनुशासन कायम गर्दै पार्टीलाई चुनावी प्रतिस्पर्धामा बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।

वक्ताहरूले कांग्रेसको नीति, सिद्धान्त र जनमुखी कार्यक्रमलाई प्रभावकारी रूपमा आम नागरिकसम्म पु¥याउनुपर्ने आवश्यकता औँल्याउँदै प्रत्येक नेता तथा कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे।

भेलामा सहभागी कार्यकर्ताहरूले यस्ता कार्यक्रमले संगठनलाई नयाँ ऊर्जा दिएको प्रतिक्रिया दिँदै आगामी दिनमा पार्टी गतिविधि थप सशक्त हुने विश्वास व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button