समाज

आइजीपी कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

माघ १ गते गरिएको भ्रमणका क्रममा आइजीपी कार्कीसहित मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया र पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले आश्रममा आश्रित आमाबुवाहरूका लागि दिउँसोको खाजा सेवा प्रदान गर्नुका साथै अति आवश्यक खाद्यान्न सामग्री र नगद १० हजार रुपैयाँ सहयोग गरेका छन्।

मानव सेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ताका अनुसार प्रहरी नेतृत्वको उपस्थितिले आश्रम परिवारलाई थप हौसला र ऊर्जा प्रदान गरेको छ।

अवलोकनका क्रममा आइजीपी कार्कीले मानव सेवा आश्रमले असहाय, बेसहारा र अभिभावकविहीन नागरिकका लागि गर्दै आएको सेवा अत्यन्तै सराहनीय रहेको बताए।

उनले आश्रमको सुरक्षा तथा सहयोगका लागि नेपाल प्रहरीले एकजना प्रहरी चौबिसै घण्टा रहने गरी खटाइसकेको जानकारी गराउँदै आगामी दिनमा पनि नेपाल प्रहरीको तर्फबाट आवश्यक सहयोग र साथ निरन्तर रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा मानव सेवा आश्रमका अभिभावक प्रकाश थारु, कमल चौगाई  डा. निरज सिंह, डा. प्रिति यादव, मौसमी श्रेष्ठ तथा आश्रमका स्वयंसेवकहरू ओमकुमार झा, सोनु चौरसिया, पियुष कानुन, सुजित गुप्ता, प्रधुमन सर्राफ, पवन कलवार र आर्यन गुप्ता लगायतको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button