समाज

वन मुद्दाका फरार प्रतिवादी देउरवानाका अन्सारी साढे १४ वर्षपछि पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । पर्सा प्रहरीले वन सम्बन्धी मुद्दामा लामो समयदेखि फरार रहेका सखुवाप्रसौनी गाउँपालिका–४, देउरवाना निवासी ५६ वर्षीय नजिर अन्सारीलाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले  अन्सारीलाई पक्राउ गरेको हो।

अन्सारीमाथि पर्सा जिल्ला अदालतले  २०६८ साल असार २० गते वन सम्बन्धी मुद्दामा १७ दिन कैद र २२ हजार ६ सय रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। अदालतको फैसलापछि उनी फरार रहेका थिए।

प्रहरीका अनुसार उनलाई फैसला भएको करिब साढे १४ वर्षपछि पक्राउ गर्न सफल भएको हो। पक्राउ परेका अन्सारीलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button