समाचार

वीरगन्ज इनर्वाबाट सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा लागूऔषध बरामद

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगञ्ज। वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध नाइट्राभेट ट्याब्लेट बरामद गरेको छ । इनर्वास्थित पोखरीको डिलमा बेवारिसे अवस्थामा रहेको एउटा बोराभित्र रहेको ११ हजार ६८ पिस नाइट्राभेट ट्याब्लेट सशस्त्र प्रहरीले बिहीबार बिहान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेड क्वाटर वीरगन्जबाट गएको टोलीले इनर्वास्थित पोखरीको डिलमा बेवारिसे भेटिएको प्लाष्टिकको बोरा खोलेर हेर्दा त्यसमा ७ सय ३८ पत्तामा रहको ११ हजार ६८ पिस नाइट्राभेट ट्याब्लेट फेला परेको सशस्त्र प्रहरी वल नेपाल नम्बर-१३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले जानकारी दिए ।

बरामद नाइट्राभेट ट्याब्लेट भारतबाट तस्करले ल्याउने क्रममा सुरक्षाकर्मीलाई देखेपछि फालेर हिँडेको हुनसक्ने अनुमान सशस्त्र प्रहरीको छ । बरामद उक्त नाइट्राभेट ट्याब्लेट प्रहरी चौकी इनर्वामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक योञ्जनले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button