पर्सागढी मेयर कपको छैटौँ दिन : पर्सा टाईगरलाई ६६ रनले हराउदै पर्सा दोमीनेटर सेमी फाइनल – १ मा प्रवेश

पर्सा । रामनिवास कुमार पटेल । पर्सागढी नगरपालिका वडा नम्बर ६ टोल तित्रौनाको झुलङ्गे पुल नजिक खेल मैदानमा पर्सागढी ल्यान्स कलबद्वारा आयोजित दोस्रो पर्सागढी मेयर कप ०८२/०८३ क्रीकेट प्रिमियर लिगको छैटौँ दिनको खेलमा पर्सा दोमीनेटरले जितेको छ ।
दोस्रो पर्सागढी मेयर कप ०८२/०८३ क्रीकेट प्रिमियर लिग प्रतियोगिताको छैटौँ खेलको पहिलो इनिङमा पर्सा दोमीनेटरले १६ ओभरमा ४ विकेट गुमाएर २२६ रन जोडेको थियो । पर्सा दोमीनेटरका खेलाडी सुमन पासवानले २३ बलमा सर्वाधिक ९३ रन, विवेकले १३ बलमा ३२ रन र कप्तान मिथलेश यादवले ५ बलमा १२ रन जोडेका थिए ।

खेलको दोस्रो इनिङमा पर्सा टाईगरलाईले २२७ रनको लक्ष्यलाई पछत्याउँदैं १६ ओभरमा १६१ रन र ५ विकेट गुमाउदै , प्रतियोगिताको छैटौँ खेल पर्सा दोमीनेटर ६६ रनले जितेर सेमी फाइनल – १ मा प्रवेश गरेका छन् । जसमा म्यान अफ द म्याचको पुरस्कार २३ बलमा सर्वाधिक ९३ रन बनाई पर्सा दोमीनेटरका खेलाडी सुमन पासवानले पाएका थिए । यस खेलका कमेन्टरी ऋषभ राज गिरी र इम्पाइरिंग हाकिमलेगरेका थिए ।




