मधेस प्रदेशशिक्षासमाचारसमाजस्थानीय
पर्सागढी–५ मा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी घरदैलो सचेतना अभियान

पर्सा,पौष ०९ । रामनिवास कुमार पटेल । पर्सागढी नगरपालिकाको वडा नं. ०५ बहुअर्वा टोलमा बुधबार सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी घरदैलो तथा सामूहिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।
कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूका परिवारजनको घरदैलोमा पुगेर वैदेशिक रोजगारीका क्रममा देखिने समस्या,जोखिम तथा सावधानीका उपायबारे जानकारी गराइएको थियो। साथै सामूहिकरणमार्फत वैदेशिक रोजगारीका क्रममा पर्न सक्ने विभिन्न समस्याबारे सहभागीहरूलाई सचेत गराइएको छ।
नगरपालिकाले वैदेशिक रोजगारीसम्बन्धी कुनै समस्या परेमा पर्सागढी नगरपालिकाको सुरक्षित आप्रवासन शाखाबाट आवश्यक सेवा तथा परामर्श लिन सबै सरोकारवालालाई आग्रह गरेको छ।



