राष्ट्रिय

एसएसपी लालबाबु गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप, अख्तियारमा मुद्दा दर्ता

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाण्डौ । नेपाल प्रहरी अस्पतालमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध शैक्षिक योग्यतासम्बन्धी नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भएको छ।

 

अख्तियार स्रोतका अनुसार गिरीले सेवामा रहँदा पेश गरेको शैक्षिक प्रमाणपत्रको सत्यतामाथि प्रश्न उठेपछि प्रारम्भिक छानबिन गरी मुद्दा दर्ता गरिएको हो।

 

आरोपअनुसार प्रमाणपत्र नक्कली वा तथ्यसँग नमिल्दो रहेको आशङ्का गरिएको छ।

 

यस सम्बन्धमा अख्तियारले थप अनुसन्धान अघि बढाएको जनाइएको छ। आरोप पुष्टि वा खण्डन अनुसन्धानको नतिजापछि मात्र स्पष्ट हुने अख्तियारको भनाइ छ।

 

हालसम्म एसएसपी गिरीको तर्फबाट आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button