दोस्रो पर्सागढी मेयर कपको चौंथो दिन : पर्सा टाईगरलाई ८ विकेटले हराउदै आर.सी.बी विजयी

पर्सा । रामनिवास कुमार पटेल ।
पर्सागढी नगरपालिका वडा नम्बर ६ टोल तित्रौनाको झुलङ्गे पुल नजिक खेल मैदानमा पर्सागढी ल्यान्स कलबद्वारा आयोजित दोस्रो पर्सागढी मेयर कप ०८२/०८३ क्रीकेट प्रिमियर लिगको चौंथो दिनको खेल आर.सी.बी (रोयल चायलेनजर्ष बागेश्वरी)ले जितेको छ ।

दोस्रो पर्सागढी मेयर कप ०८२/०८३ क्रीकेट प्रिमियर लिग प्रतियोगिताको चौंथो खेलको पहिलो इनिङमा पर्सा टाईगरले १४ ओभर ५ बलमा अल आउट हुँदै ११८ रन जोडेको थियो । पर्सा टाईगरका खेलाडी सुमन पटेलले २५ बलमा सर्वाधिक ५५ रन जोडेका थिए भने चन्दन यादवले १९ बलमा १७ रन जोडेका थिए ।

खेलको दोस्रो इनिङमा आर.सी.बी (रोयल चायलेनजर्ष बागेश्वरी)ले ११९ रनको लक्ष्यलाई पछत्याउँदैं ११ ओभर ५ बलमा ३ विकेट गुमाउँदै प्रतियोगिताको चौंथो खेल आर.सी.बी (रोयल चायलेनजर्ष बागेश्वरी) ८ विकेटले जितेको थियो । आर.सी.बीका खेलाडी तेज महतोले ३० बलमा सर्वाधिक ५२ रन जोडेका थिए भने बाल्मीकी राउत कुर्मीले १४ बलमा ४२ रन जोडेका थिए ।

३० बलमा ५२ रन र २ विकेट लिई म्यान अफ द म्याचको पुरस्कार आर.सी.बी (रोयल चायलेनजर्ष बागेश्वरी)का खेलाडी तेज महतोले पाएको आर.सी.बीका मालिक(Team owner) शर्मा पटेल र मुख्य प्रशिक्षक (Head Coach) जितेन्द्र यादवले जानकारी दिएका छन् ।




