पर्सागढी मेयर कपको तेस्रो दिन ,अपन तित्रौना बोल्टलाई ३४ रनले हराउदै सिद्धनाथ बाबा वरियस विजयी

पर्सा । रामनिवास कुमार पटेल ।
पर्सागढी नगरपालिका वडा नम्बर ६ टोल तित्रौनाको झुलङ्गे पुल नजिक खेल मैदानमा पर्सागढी ल्यान्स कलबद्वारा आयोजित दोस्रो पर्सागढी मेयर कप ०८२/०८३ क्रीकेट प्रिमियर लिगको तेस्रो दिनको खेल सिद्धनाथ बाबा वरियसले जितेको छ ।
दोस्रो पर्सागढी मेयर कप ०८२/०८३ क्रीकेट प्रिमियर लिग प्रतियोगिताको तेस्रो खेलको पहिलो इनिङमा सिद्धनाथ बाबा वरियसले १६ ओभरमा ७ विकेट गुमाएर १५७ रन जोडेको थियो । सिद्धनाथ बाबा वरियसका खेलाडी मन्दिप यादवले ३१ बलमा सर्वाधिक ५१ रन, जितेन्द्र गिरीले १८ बलमा २८ रन जोडेका थिए ।
खेलको दोस्रो इनिङमा अपन तित्रौना बोल्टले १५८ रनको लक्ष्यलाई पछत्याउँदैं १२ ओभर ३ बलमा १२४ रनमै समेटियो , प्रतियोगिताको तेस्रो खेल सिद्धनाथ बाबा वरियस ३४ रनले जितेका छन् जसमा म्यान अफ द म्याचको पुरस्कार ३१ बलमा ५१ रन बनाई सिद्धनाथ बाबा वरियसका खेलाडी मन्दिप यादवले पाएका थिए । यस खेलका कमेन्टरी ऋषभ राज गिरी र इम्पाइरिंग अमित यादव , शिवा साहले गरेका थिए ।




