मधेस प्रदेश

मधेश प्रदेशको सभामुखमा जसपाले यादवलाई अगाडि बढाउने

Ad 1
Ad 2
Ad 3
Ad 4

जनकपुर । मधेश प्रदेश सभामा रिक्त रहेको सभामुख पदकालागि जनता समाजवादी पार्टी नेपालले आफ्नो उम्मेदवार टुंगो लगाएको छ।

जसपा नेपालले प्रदेश सभामुख पदको उम्मेदवारका रूपमा रामआशिष यादवको नाम आधिकारिक रूपमा चयन गरेको हो। जसपा संसदीय दलका नेता सरोज यादवका अनुसार आज दिउँसो १ बजे औपचारिक रूपमा उम्मेदवारी दर्ता गरिनेछ।

पार्टीभित्रको आन्तरिक विवादका कारण अन्तिम समयमा मात्र उम्मेदवारको नाम सार्वजनिक गरिएको जसपा नेपालको उच्च स्रोतले जनाएको छ।

सत्तारुढ ६ दलीय गठबन्धनबीच भएको आन्तरिक सहमतिअनुसार सभामुख पद जसपा नेपालको भागमा परेको थियो। सोही सहमतिअनुसार पार्टीले रामआशिष यादवलाई उम्मेदवार बनाएको हो।

गठबन्धनभित्र शक्ति सन्तुलन मिलाउन मुख्यमन्त्री, मन्त्री तथा सभामुख पदमा भागबन्डा गरिएको नेताहरूले बताएका छन्। ६ दलीय गठबन्धनमा नेपाली कांग्रेसले मुख्यमन्त्री पद पाएको छ। कांग्रेसका तर्फबाट कृष्णा यादवको नेतृत्वमा सरकार गठन भइसकेको छ।

सरकारलाई जसपा नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेका छन्।

सत्तारुढ दलहरूको सहमतिअनुसार सभामुख पद जसपा नेपाललाई प्राप्त भएपछि पार्टीभित्रको छलफलपछि रामआशिष यादवको नाम अन्तिम रूपमा टुंगो लगाइएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button