स्थानीय

वीरगन्जकाे बसपार्कमा पार्किङ गरिएको २ वटा बसमा आगलागी,घटना शंकास्पद

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज। । वीरगन्जकाे नयाँ बसपार्कमा पार्किङ गरिराखेको दुईवटा बसमा आगलागी भएको छ।

वीरगन्ज-१६ नयाँ बसपार्कमा पार्किङ गरिराखेको दुईवटा बसमा मध्यरातमा आगलागी भएको हो।

आगालगीबाट जम जम ट्राभल्स लेखिएका ना ५ ख ६२१६ र ना ५ ख ६२१७ नम्बरका बस पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

मंगलबार राति पाैने १ बजेकाे समयमा दुवै बसामा आगाे लागेपछि प्रहरी र वीरगन्ज महानगरपालिकाको अग्नी नियन्त्रक टोलीले दमकलको सहयोगमा आगो निभाएकाे वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगरले जानकारी दिए ।

बसमा आगलागीको कारण खुल्न नसकेको र यस बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button