स्वास्थ्य

पर्सागढीमा श्रीजङ्ग गणद्वारा निःशुल्क स्वास्थ्य शिविर, नागरिकले पाए सेवा

Ad 1
Ad 2
Ad 3
Ad 4

पर्सा । नेपाली सेनाको श्रीजङ्ग गण, बिरगंजद्वारा पर्सागढीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करिब ५ सय जनाले स्वास्थ्य सेवा लिएका छन्।

शिविरमा नारायणी अस्पताल, पोखरिया प्रादेशिक अस्पताल, प्रभु अस्पताल बीरगंज र बीरगंज सामुदायिक आँखा केन्द्र का चिकित्सक तथा स्वास्थ्यकर्मीको सक्रिय सहभागिता थियो।

शिविरमा सामान्य स्वास्थ्य जाँच, आँखाको उपचार, दन्त सेवा, महिला स्वास्थ्य, रक्तचाप–सुगर परिक्षणलगायत सेवा प्रदान गरिएको थियो।

आँखा परीक्षण मात्र १ सय ५० बढीले गराएको वीरगंज सामुदायिक आँखा केन्द्रका मेडिकल संयोजक । महेश सिंह धामीले बताए । अन्य सामान्य स्वास्थ्य सेवा २ सय भन्दा धेरै ले उपयोग गरेका छन्।

स्थानीयवासीहरूले शिविरलाई उपयोगी रहेको उल्लेख गर्दै स्वास्थ्य सेवामा सहज पहुँच मिळेको प्रतिक्रिया दिएका छन्।

शिविर सफल बनाउन सहयोग गर्ने सबै अस्पताल, स्वयंसेवक र सहभागीप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।

शिविरमा भौतिक तथा प्राविधिक सहयोग पुर्‍याएका सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूले आगामी दिनमा पनि समुदायमै गएर सेवा दिन निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button