स्थानीय

उपभोक्ता संरक्षण कार्यालयद्वारा अनुगमन, पाँच व्यवसायीमाथि कारबाही

Ad 1
Ad 2
Ad 3
Ad 4

जीतपुर : बाराको जितपुरमा रहेको बजारमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, बीरगंजको टोलीले अनुगमनका क्रममा चार जना व्यवसायीमाथि कारबाही गरिएको छ।अनुगमन टोलीले बजारमा विक्री वितरण भइरहेको वस्तुको मूल्यसूची, खरिद–बिक्री बिल, साइनबोर्ड र प्यान–भ्याट दर्ता सम्बन्धी कागजात जाँच गरेको थियो।

अनुगमनका क्रममा केही व्यवसायीहरूले आवश्यक कागजात नदेखाएको तथा म्याद सकिएका वस्तुहरू बिक्री वितरण गरेको पाइएको हुँदा सोही आधारमा कारबाही गरिएको हो। यसै सन्दर्भमा जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरीले नगरका सम्पूर्ण व्यवसायीहरूलाई साइनबोर्ड, मूल्यसूची, खरिद–बिक्री बिल र प्यान–भ्याट दर्ता प्रमाणपत्र आफनो व्यवसायिक स्थलमा अनिवार्य रूपमा राख्न आग्रह गरे ।

उनले म्याद सकिएका वस्तुहरूको बिक्री वितरण नगर्न व्यवसायीहरूलाई सल्लाह दिए । बणिज्य कार्यालयका अनुसार बजार अनुगमन दैनिक कार्य अन्तर्गत पर्ने भएकाले यसलाई छड्के रुपमा अनुगमन गरी निरन्तरता दिइरहने जनाएको छ ।

अनुगमन टोलीमा जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयको प्रतिनिधि ,ईलाका प्रशासन कार्यालय सिमराका प्रतिनिधि ,जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button