समाचार

भारतको आन्ध्र प्रदेशस्थित मन्दिरमा भागदौड, सात जनाको मृत्यु

Ad 1
Ad 2
Ad 3
Ad 4

भारतको आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लाको काशीबुग्गामा रहेको वेंकटेश्वर स्वामी मन्दिरमा शनिबार भएको भागदौडमा सात भक्तजनको मृत्यु भएको छ ।

भागदौडमा कैयौं घाइते भएका छन् । घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा भर्ना गरिएको पिटीआईले उल्लेख गरेको छ । मृतकको संख्या बढ्न सक्ने बताइएको छ । एकादशीको अवसरमा भेला भएको ठूलो भीडका कारण भागदौड भएको अनुमान गरिएको छ।

रिपोर्टका अनुसार, शनिबार एकादशीको लागि वेंकटेश्वर स्वामी मन्दिरमा ठूलो भीड जम्मा भएको थियो । मन्दिर परिसरको प्रवेशद्वार नजिकै अचानक भीडको चाप बढेको र त्रास र भागदौड मच्चिएको बताइएको छ। घटना लगत्तै स्थानीय प्रशासन र प्रहरी घटनास्थलमा पुगेर राहत तथा उद्धार कार्य सुरु गरेका थिए ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button