मधेस प्रदेशराष्ट्रिय
राष्ट्रपतिसँग जेनजी प्रतिनिधिहरूको चार बुँदे माग

काठमाण्डौ । जेनजी आन्दोलनका प्रतिनिधिहरूले बिहीबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको भेटमा चार वटा माग प्रस्तुत गरेका छन्।
शीतलनिवासमा भएको भेटमा १६ सदस्यीय टोलीले मृतक तथा घाइते परिवारका लागि दीर्घकालीन आयोग गठन, आन्दोलनलाई वैधानिक मान्यता, अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन संशोधनका लागि अध्यादेश जारी र मतदाता नामावली संकलनको समय वा जनशक्ति थप्ने माग राखेका थिए।
राष्ट्रपति पौडेलले मागप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै प्रधानमन्त्रीसँग समन्वय गरेर अघि बढ्न सुझाव दिएका छन्। उनले सरकारका अध्यादेशहरूमा हस्ताक्षर गर्न आनाकानी नगर्ने बताएका छन्।
प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरू पनि छलफलमा उपस्थित थिए।



