मधेस प्रदेशराजनीतिसमाचारस्थानीय

पर्सागढी-५ का वडाध्यक्षसहित ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले पर्सागढी नगरपालिका–५ का वडा अध्यक्ष नितेश मिश्र भन्ने चुनु सहित ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। पर्सा जिल्ला अदालत वीरगंजबाट पक्राउ पुर्जी जारी गर्न अनुमति प्राप्त भएपछि प्रहरीले सोही अनुसार पक्राउ प्रक्रिया अघि बढाएको जनाएको छ। मञ्जीव मिश्रद्वारा दर्ता गरिएको ‘ज्यान मार्ने उद्योग मुद्दा’ का आधारमा वादी नेपाल सरकार र प्रतिवादी बृजकिशोर मिश्र सहित अन्य व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

उक्त जाहेरीमा उल्लेख भएअनुसार अनुसन्धानको क्रममा प्रमाणहरू लोप हुन सक्ने र अभियुक्तहरू फरार हुने सम्भावना देखिएकाले अदालतमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९(३) बमोजिम पक्राउ अनुमति मागिएको थियो। अदालतले अनुमति दिएपछि पर्सा प्रहरीले पक्राउ प्रक्रिया अघि बढाएको र वडा अध्यक्ष नितेश मिश्र हालसम्म फरार रहेको जनाएको छ। प्रहरीका अनुसार उनलाई पक्राउ गर्न खोजी कार्य जारी छ। उनका बुवा चन्द्रमा मिश्रलाई भने आज नियन्त्रणमा लिई पर्सा अदालतमा पेश गरी ३ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले मिति २०८२।०३।२६ गते पक्राउ पुर्जी जारी गरेको थियो। सो पक्राउ पुर्जीमा पर्सागढी–५, बहुअर्वा टोल बस्ने बृजकिशोर मिश्र, रविरंजन मिश्र, नितेश मिश्र (चुनु मिश्र), राकेश मिश्र, रूपेश मिश्र, चन्द्रमा मिश्र रहेका छन् । प्रहरीका अनुसार हालसम्म वडाध्यक्ष नितेश मिश्र फरार छन् भने अन्य अभियुक्तहरूको खोजी तथा अनुसन्धान कार्य जारी छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button