कालिकामाई गापामा हैजा रोग बिरुद्ध खोप सम्बन्धी अभिमुखिकरण, खोप २७ गते देखि सुरु

राजन कुमार बानिया
पर्सा,२६ असोज । पर्सा र बारा जिल्लामा फैलिएको हैजा रोगको माहामारीको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालयले हैजा रोगको माहामारी बिरुद्ध प्रतिकार्य खोप अभियान सन्चालन गर्न लिएको रणनिति अनुसार पर्साको कालिकामाई गाँउपालिकामा २७ गते सोमबार देखि खोप अभियान सन्चालन गर्न पुर्ब तयारी अनुरुप प्रत्येक सरोकारवालाको अभिमुखिकरण कार्यक्रम वडा र पालिकामा खोप समन्वय समिति, महिला स्वास्थ्य स्वय सेविका तथा स्वय सेवक हरुको अभिमुखिकरण तथा खोप कार्यकर्ताहरुको तालिम २५ र २६ को सम्पन्न गरिएको छ ।
अभिमुखिकरण कार्यक्रम गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जोगेन्द्र चौरसियाको अध्यक्ष्ातामा भएको कार्यक्रम मा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष राजमती देबीको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा शाखा प्रमुख चौरसियाले भने सोमबार देखि संचालन भईरहेको हैजा रोग बिरुधको खोप अभियानलाई अा अाफ्ना ठाउँ बाट सफल बनाई दिन सम्पुर्ण सरोकारवाला हरुलाई अाग्रह समेत गरेका छन। १ वर्ष माथिका एक जना मानिस नछुटोस भन्दै अाफ्ना गाउँ घरमा सलाह सुझाव दिएर हैजा रोग बिरुद्ध खोप अभियानमा सहभागी गराई खोप लिनु पर्नेमा जोड दिनु भएको थियो।
हैजा लको लक्षण धोएको चामलको पानी हामी हरुले चरधोवन भन्छु त्यसतै पातलो र सेतो दिशा भएपछी हैजाको लक्षण बुझन सकिन्छ। हैजा बाट वचन सरसफाई र उमाले को पानी खानु पर्ने मा जोड स्वास्थ्य शाखा प्रमुख चौरसियाले प्रोजेक्ट को माध्यमले सहभागी हरुलाई जानकारी दिनु भएको थियो। नेपाल सरकार जनसंख्या मान्त्रालय ले हैजा रोग बिरुद्ध को खोप कार्यक्रम संचालन गरेको ले सबै जना खोप लिन अाग्रह गरेका छन।कार्यक्रम मा स्वास्थ्य शाखा सहायक धिरज कुमार साह, लगायत जनप्रतिनिधि ,बिधालय का प्रअ,स्वास्थ्यकर्मी,लगायतको सहभागिता रहेको थियोे ।




Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.