गत शुक्रवार र शनिवारको वर्षाका कारण हालसम्म ५२ जनाको निधन र ५ जना वेपत्ता

काठमाडौँ : गत शुक्रवार र शनिवारको वर्षाका कारण हालसम्म ५२ जनाको निधन भएको छ।
मंगलवार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसबारे जानकारी दिएको हो। प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार पहिरोमा परी ३९ जनाको ज्यान गएको छ।
पहिरोमा परी मृत्यु हुनेहरूमा इलाममा ३७, पाँचथरमा एक र काभ्रेपलाञ्चोकमा एकजना रहेका छन्। बाढीमा परेर मृत्यु हुने ११ जना रहेका छन्। उदयपुर दुई, धनुषा दुई, इलाम एक, पाँचथर एक, खोटाङ, मोरङ, सुनसरी, रौतहट र भोजपुरमा एकएकजना रहेका छन्।
चट्याङबाट रौतहटमा दुईजनाको निधन भएको छ। हाल चारजना रसुवामा बेपत्ता रहेका कार्यकारी प्रमुख भट्टले बताए। इलाममा एकजना गरी ५ जना बेपत्ता छन्। उनले ४७ जना घाइते रहेको बताए। पहिरोबाट ३३ जना, चट्याङबाट १४ जना घाइते भएका छन्।
बेपत्ता भएकाको खोजी भइरहेको र त्यसका लागि तीनवटै सुरक्षानिकाय परिचालित रहेको बताए।




Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.info/futures/ref?code=QCGZMHR6
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.com/lo-LA/register?ref=V3MG69RO