चुरियामाई दुर्घटना हुँदा २ जनाको मृत्यु, चालक पक्राउ

19

बीरगंज १५ असाेज । बाराको जितपुर – सिमरा उपमहानगरपालिका वडा नं. २२ स्थित चुरिया माई मन्दिर नजिक बुधबार बिहान बसको ब्रेक फेल भएर मोटर साइकललाई ठक्करबाट २ जनाको मृत्यु भएको छ र ४ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ८५३७ नम्बरको बस बिहान करिब १० बजे हेटौँडा – पथलैया सडकखण्डको उकालोमा पुग्दा अचानक ब्रेक फेल भएर ब्याक हुँदा पछाडिबाट आउँदै गरेका दुई वटा मोटर साइकल च्यापिएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डतिका अनुसार बारा फेटा गाउँपालिका वडा नं. १ भरवलियाका २५ वर्षीय मकेश्वर पटेल र पर्सा वीरगंज महानगरपालिका वडा नं.३१ बस्ने २६ वर्षीया कविता देवीको मृत्यु भएको छ ।

उपचारका लागि उनीहरूलाई कलैया प्रादेशिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ ।दुवैलाई अस्पताल पुर्‍याउँदा दिउँसो १२ ः१० बजे चिकित्सकले मृत घोषित गरेका थिए ।

अन्य घाइते हुनेहरूमा मकेश्वर पटेलकी पत्नी २२ वर्षीया कबिता देवी, २० महिनाकी छोरी तानेया पटेल, अर्को मोटर साइकलका चालक २७ वर्षीय कञ्चन कुमार पटेल र उनका ३ वर्षीय छोरा आयुष पटेल रहेका छन् । मकवानपुरस्थित सहकारी अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक सर्लाही लालबन्दी नगरपालकिा वडा नं. ३ का ४७ वर्षीय विश्वनाथ चौधरीलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जले नियन्त्रणमा लिएको छ ।

Leave a comment