रक्तदान

वीरगन्जको रानीघाटमा दुर्गा पूजा समितिले आयोजना गरेको कार्यक्रममा १०५ जनाले गरे रक्तदान

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज,असोज ४ । वीरगन्ज महानगरपालिका वडा नम्बर ९ रानीघाटमा शनिबार दुर्गा पूजा सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा १०५ जनाले रगत दान गरेका छन् ।

रानीघाटको दुर्गा पूजा सेवा समितिले विगत २५ वर्षदेखि हरेक वर्ष दुर्गा पूजा अगाडि रक्तदान कार्यक्रम गर्दै आएकोमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ३ जनामहिला सहित १०५ जनाले रगत दान गरेका हुन् ।रक्तदान गर्नेहरुमा कुमारी सोनी पासवान, सतिश सिंह राजपुत, विरेन्द्र साह,अशोक श्रीवास्तव, अरुण प्रसाद कुशवाहा, रितेश सुवेदी, अब्दुल सदाम हवारी, सन्तोष कुमार लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जले जनाएको छ ।

कार्यक्रममा रक्तदाताहरुलाई प्रोत्साहित गर्नका लागि वीरगन्ज–९ का वडडाध्यक्ष जवाहर साह कानुले १५० थान टि–सर्ट उपलब्ध गराएका थिए ।

दुर्गा पूजा सेवा समिति रानीघाटका अध्यक्ष सतिश सिंह राजपुतको अध्यक्षता तथा वडाध्यक्ष गुप्ताको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, शाखा सदस्य दिनानाथ प्रसाद रौनियार,समितिका सचिव राजन कुमार साह, कोषाध्यक्ष विकास रौनियार, उपाध्यक्ष रवि रौनियार लगायतकाको सहभागिता रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button