रक्तदान
बहुदरमाई नगरपालिकामा भएको रक्तदान कार्यक्रममा २२ जनाले गरे रक्तदान

पर्सा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि राष्ट्रिय स्वतन्त्र पार्टी बहुदरमाई नगरपालिका वडा नम्बर ९ ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
वडा सभापति तथा आयोजक सन्दिप पटेललको अध्यक्षता भएको रक्तदान कार्यक्रममा २२ जनाले रकतदान गरेका थिए।
उक्त कार्यक्रममा प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर ३ का माननीय रामकान्त चौरसिया, पर्सा जिल्ला रास्पाका उप-सभापति दिलिप कुर्मी , बहुदरमाई नगरपालिका नगरसभापति चन्दन यादव , रास्पाका टिम रामेश्वर शाह तेली , प्रदिप पटेल , अरुण गुप्ता , कृष्ण कुशवाहा , ओम प्रकाश यादव लगायत को उपस्थिती रहेको थियो ।



